नेपाल क्रिकेट संघको सचिवमा पारस र अध्यक्षमा चन्द निर्वाचित

काठमाडाैं | असोज ६, २०८०

नेपाल क्रिकेट संघको सचिवमा पारस र अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं:    नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा पूर्वकप्तान पारस खड्का सचिव पदमा निर्वाचित भएका छन् । पारसले अर्का सचिव पदका प्रत्याशि प्रशान्त मल्ललाई १० मतले हराउँदै सचिव पदमा जित हात पारेका हुन् । पारसले ४८ मत ल्याउँदा प्रशान्त मल्लले ३७ मत प्राप्त गरे ।


सचिव बाहेक अन्य प्रमुख तीन पदमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै महिला सदस्यतर्फ जयन्ती देवी भट्ट सर्वसम्मत रुपमा निर्वाचित भएकी थिइन् । सात प्रदेश कोटा सदस्यमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केरी सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।


प्रदेश कोटामा कोशीबाट अर्जुन पौडेल ४७ मतका साथ विजयी भए । अर्का प्रतिस्पर्धी सुनिल कुमार पौडेल २० मत ल्याउँदै कोशीको सदस्यमा पराजित भए । मधेश प्रदेशमा दाउद अन्सारी र माधव कर्माचार्यले समान ४२ मत लिएका थिए । चिट्ठाबाट माधव विजयी भएका थिए । त्यस्तै बागमती प्रदेशको कोटाबाट दिवाकर घले ४६ मतका साथ विजयी भए । उनका अर्का प्रत्याशि सुदीप पियाले ३६ मत लिए ।


गण्डकी प्रदेशको कोटाबाट सुदीप शर्मा ५२ मतका साथ विजयी भए । देब्रेन्द्र प्रजु २८ मतका साथ पराजित भए । सुदूरपश्मिच प्रदेशको कोटाबाट विक्रम विष्ट ४९ मतका साथ विजयी हुँदा हिरा रेग्मी ३१ मतका साथ पराजित भए ।


खुल्लातर्फ सदस्यमा धिरेन्द्र साउद ६९, विरेन्द्र ३४, दुर्गाराज पाठक ५४ मत र आयुष श्रेष्ठ ५१ मतका साथ विजयी भए । खुल्लातर्फ करण महत्रा क्षेत्री र ऋषिराम गौतमले समान २६ मत ल्याएका थिए । चिट्ठाबाट करण विजयी भएका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्